मंसूर अली इद्रिशी
जानकी जेठ ३१ गते-मानव अधिकार एलाइन्स बाँकेको आयोजनामा पालिका स्तरीय मानव अधिकार एलाइन्सको समिति गठन गरिएको छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ नहर खजुरामा भेलाको आयोजना गरी पालिका स्तरीय समिति गठन गरिएको मानव अधिकार एलाइन्स बाँके अध्यक्ष घनश्याम आचार्यले बताउनुभयो ।
मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कारबाहीको दायरा सम्म पु¥याउने उदेश्यले जेठ ३१ गते बिहिवार जानकी गाउँपालिकामा मिश्रीलाल यादवको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।
अधिकारकर्मीहरूलाई संगठित गर्दै मानव अधिकार एलाइन्स बाँकेले जोखिम न्यूनीकरण पीडितका पक्षमा बहस पैरवी गर्ने उद्देश्यले समिति गठन गरिएको मानव अधिकार एलायन्स बाँकेका अध्यक्ष घनश्याम आचार्यले लिमरा खबरलाई बताए ।
नेकपा एमाले जानकी गाउँपालिकाका अध्यक्ष द्रोण थापाको प्रमुख अतिथिमा पालिका स्तरीय समिति गठन गरिएको थियो। अध्यक्ष थापाले स्थानीय तहमा भएका मानव अधिकार विषय र पीडितको पक्षमा पैरवी गर्न समितिले अहम् भूमिका खेल्नुपर्ने बताउनु भयो ।
आयोजक मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)ले जानकी गाउँपालिकाका सवै स्थानीयवासीले समान रुपमा मानव अधिकार उपभोग गर्न पाउनुपर्नेमा अध्यक्ष थापाले जोड दिए ।
जसमा जानकी गाउँपालिकाका अन्र्तगत समितिको अध्यक्षमा मिश्रीलाल यादव र उपाध्यक्षमा मनसरा बिसी र सचिवमा शिवबहादुर थापा चयन भएका छन। त्यस्तै कोषाध्यक्षमा अनिस अलि इदरिसी र सहसचिवमा सुभाष कुमार यादव सदस्यहरुमा सुरेश थापा, ननकौ यादव, चयन भएका छन ।