बाँके बैशाख १२ गते ।
बैकिङ्ग कसुरमा फरार रहेकी करुणा शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कहोलपूर नगरपालीका वडा न.११ वस्ने करुणा शाहीलाई ईलाका प्रहरी कार्यलय कोहलपूर बाँकेले आईतवार पक्राउ गरेको हो । उनलाई बाँकेको, बानियाभार (माईतीघर) बाट प्रहरीको टोलीले पक्राउ गरेको बताएको छ ।
ईलाका प्रहरी कार्यलयका डिएसपी धर्म भण्डारीले अहिले बयान लिने काम भइरहेको र बैंकको कागजात रुजु हुनेक्रममा रहेको जानकारी दिएका छन् । केहि समय अगाडी बैकिङ्ग कसुरमै फरार रहेका उनका श्रीमान् अर्जुन बहादुर खाँड ठकुरी पनि पक्राउ परेका थिए ।
उनलाई गत माघ २७ गते प्रहरी वृत सातदोवाटो ललितपुरबाट पक्राउ गरि कोहलपुर इलाका प्रहारी कार्यलय बाँके पुर्याइएको थियो । त्यसपछि गत फाल्गुन १५ गते जिल्ला अदालत बाँकेले धरौटीमा उनलाई रिहा गरेको थियो । हाल यो अदालतमा मुद्दा विचाराधीन रहेको छ