बाँके चैत १५ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ स्थित रहेको राष्ट्रिय प्राथमिक विद्यालय जङ्गलीसिंह पूर्वाको वि.व्य.स.मा चार सदस्यीय नयाँ समिति चयन भएको छ । समितिमा रघुराज विश्वकर्मा, ईस्राफिल दर्जी, महिला तर्फ साकरुन बेहना जामिया शेष सर्वसम्मत रुपमा चयन भएका छन् ।
नगर शिक्षा शाखाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि तथा वडाध्यक्ष बेहनाको सहजिकरणमा सदस्य चयन भएका हुन । वडाध्यक्ष बेहनाका अनुसार बिद्यालयमा प्रभावकारी ब्यवस्थापनका लागी गर्न सकिने कुराहरु के हुन सक्दछन्, यसै सेरोफेरोमा यो आलेखमा चर्चा गर्ने कोशिश गरेको छु । शुक्रबार निर्वाचित सदस्य मार्फत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने तयारी रहेको बताएका छन ।
एउटा सफल विद्यालयले बालबालिकाहरुको सिकाई तथा मनोसमाजिक प्रतिफलहरुलाई प्रबद्र्धन गर्दै सर्बाङ्गिण विकासका लक्ष्यहरु हासिल गर्नु पर्दछ जुन कुरा विद्यालयको सक्षम, प्रभावकारी नेतृत्व र ब्यवस्थापन विना सम्भव हुदैन ।
वडाध्यक्ष बेहनाले अभिभावक भेलाको समापन गर्दै बिद्यालयको ब्यवस्थापन तब राम्रो हुन्छ जब नेतृत्व पक्ति बिद्यार्थीको सिकाई र सर्बौत्तम हित एव बिद्यालयमा गुणस्तरीय वातावरण पुरा गर्न सक्षम र योग्य हुन्छ र बिद्यालय ब्यवस्थापन तब प्रभावकारी रहन्छ जब बिद्यालयको भौतिक, शैक्षिक, आर्थिक आदि सबै पक्षहरुको योजना निर्माण, कार्यान्वयन, मूल्याकंन र समिक्षामा सबै सरोकारवालाहरुको सहभागिता सुनिश्चित गरिन्छ ।