नेपालगञ्ज चैत १० गते ।
बाँकेको जमुनाहा नाकाको पूर्व पर्ने शर्मा गलीबाट सशस्त्र प्रहरीकै कडा निगरानीमा भारतीय माछाहरु भित्रिने गरेको पाइएको छ । बांकेको जमुनाहा र बढैया नाका हुँदै दैनिक लाखौ मुल्य बराबरका माछा नेपालगञ्ज भित्रिने गरेपनि नियन्त्रणमा भने सशस्त्र प्रहरी पछाडी हटेको देखिन्छ ।
जमुनाहा नाकाबाट खुलेयाम दैनिकै बिहानैबाट तस्करी हुने गरेपनि सीमा सुरक्षा निकाय सशस्त्र प्रहरीलाई तस्करीका विषयमा बुझ्न खोज्दा आफ्नो क्षेत्रबाट कुनैपनि तस्करी नभएको दावी गर्छन् । यता सो क्षेत्रबाट भित्रिने माछाहरु इलाका प्रहरी कार्यालय जमुनाहा बांकेको पश्चिममा नेपाली माछाको नाममा बिक्रि हुने गरेको नेपाली किसान तबरेज खानले बताए ।
माछा पालन किसान खानका अनुसार भारतको रुपैडिहाबाट अवैध रुपमा नियमित माछाको आयात हुने गरेपनि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहिले नियन्त्रण गरेको भने नदेखिएको बताए । माछाको आयातलाई दुवै सुरक्षा निकायले नदेख्नु र नरोक्नुले सुरक्षा निकायको नियती प्रति किसान खानले खोट देखाएका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहा र जयसपुर भन्सार भित्र रहेको सशस्त्र प्रहरी गुल्माबाट तस्करी रोक्न सिभिलमा खटाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिहरु सीमामा देखिएपनि तस्करी रोकिदैन उल्टै आर्थिक लेनदेनबाट तस्करी गराउँछन्। जमुनाहा नाकाबाट अवैध माछाको तस्करी देखिएपनि दुबै सीमा सुरक्षा निकायको नियन्त्रण तर्फ ध्यान पुग्न नसकेको स्थानियहरुको ठहर छ ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले सशस्त्र प्रहरी बललाई पाँचबुँदे निर्देशन दिँदै स्मरण समेत गराउनु भएको हो । उहाँले भन्नुभयो, “सङ्गठनभित्र त्यस्ता आचरण गर्नेलाई बचाउने प्रयास गर्नेलाई कारबाहीको भागिदार बनाइएन भने कमान्डरविरुद्ध नै ‘एक्सन’ हुनेछ । साना-ठूला सबै प्रहरीलाई समान व्यवहार गरिने छ ।