सिराहा फागुन ३ गते।
‘भ्यालेन्टाइन डे’ मनाउन भनेर बालिकालाई कोठामा बोलाएर बलात्कार गर्ने किशोर पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादव रहेका छन्।
उनले १५ वर्षीय बालिगलाई बुधबार दिउँसो कोठामा बोलाएर बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सिराहाले यादवलाई पक्राउ गरेको हो ।बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेका र राति १२ बजेमा घटनाबारे जानकारी पाएपछि पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ । बलात्कृत बालिका अत्यधिक रक्तस्राव भएर बेहोस भएकी थिइन् । उनको अवस्था गम्भीर छ ।
उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेका थिए तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।