अमजद कुरैशी संवाददाता बरेली
एजेंसी माघ २८ गते-भारतको उत्तराखण्ड स्पेसल टास्क फोर्स (एसटीएफ) र प्रहरीले अन्तर्राष्ट्रिय बजारमा एक करोड भारतीय रुपैयाँ बराबरको हेरोइनसहित रुद्रपुर सहरबाट दुई जनलाई पक्राउ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार १ केजी बराबरको सो हेरोइन नेपालका बिभिन्न जिल्लामा पठाउने तयारी गरिएको थियो ।
नेपाल–भारत सीमानाकामा ठुलो मात्रामा लागूऔषधको कारोबार हुन लागेको सूचनाको गोप्य सूचनाको आधारमा एसटीएफ र खातिमा प्रहरीले संयुक्त अपरेसन चलाएको थियो । भान खाण्डी महादेव मन्दिर नजिकैबाट शंकास्पद दुई जनालाई पक्राउ गर्दा उनीहरूको साथबाट एक केजी हेरोइन बरामद गरिएको थियो ।
सोधपुछका दौरान उनीहरूले बरेलीबाट आएको र सो हेरोइन नेपालगंज लगायत जिल्लाका लागूऔषध तस्करलाई बुझाउन लागेको खुलासा गरेका थिए । पक्राउ पर्ने दुई जना सागिर अहमद र बाबु रहेका छन् । उनीह दुवै जना उत्तर प्रदेशको बरेलीस्थित अलिगञ्जका बासिन्दा हुन् । श्रोतका अनुसार सागिर अहमद र बाबुको नेपालगंजका लागूऔषध माफिया संग कनेक्सन रहेको श्रोतको भनाई छ।
दुई जनाले बाँके नेपालगंजका लागूऔषध तस्करसँग नानपारामा भेट्ने योजना थियो । भारतीय प्रहरीले उनीहरूलाई हेरोइन दिने डिलरको बारेमा अनुसंधान गरिरहेको बताएको छ । उनीहरूले लामो समयदेखि नेपालगंज बर्दिया रुपन्देही दांग धनगडी र उत्तर प्रदेशमा लागूऔषध सप्लाई गर्दै आएको पनि खुलाएका छन् ।