नेपालगंज माघ २४ गते ।
बंकेको जानकी गाउँपालिका वडा नम्बर १ बढैयागाउँमा काठको लठ्ठी प्रहारबाट एक जनाको मृत्यु भएको छ। घाइते मुनीर भन्ने अरमान खां जानकी गाउँपालिका बढैयाका २२ वर्षीय मुनीर भन्ने अरमान खांको उपचारको क्रममा गए राति नेपालगंज मेडिकल कालेज नर्शिंग होम अस्पतालमा मृत्यु भएको मृतकका बुवा गरिबुल्ला खांले जानकारी दिएको छ ।
शुकवार दिवसो उपचारका लागि नेपालगंज मेडिकल कालेज नर्शिंग होम अस्पतालमा भर्ना भएका खांको उपचारकै क्रममा बुधवार बिहान अस्पतालमा मृत्यु भएको थियो ।जानकी गाउँपालिका वडा नम्बर १ बढैयागाउँका बऊरा भन्ने इसरार की बहिनी साबराले मुनीरको घर नजिकै फोहर फालने विषयमा बऊरा भन्ने इसरारका परिवार र मुनीर परिवारबीच भएको विवाद र झडपमा घाइते मुनीर खांको मृत्यु भएको बताए ।
पीडित परिवारले बऊरा भन्ने इसरारकी बहिनी साबरा खां लगायतले कुटपिट गरेको आरोप लगाएका छन् । मुनीर खांले आफ्नो घर नजिकै फोहर फाल्ने साबरा लाई रोक्न गएपछि शुरु भएको विवादले उग्ररुप लिएको प्रत्यक्षदर्शीले बताए । दुबै गाऊलेकै बिच झडप भएको सामान्य विवादमा मुनीर खांमाथि लट्ठी प्रहार भएको उनि दुबै छिमेकी हुन साईंगाउँ प्रहरी चौकीका इंचार्ज अमर रावतले बताए ।बढैयागाउँ अहिले मृतक खांकै शोकमा डुबेको छ।
शव परीक्षण भेरि हास्पिटल अस्पतालमा गरिएको छ । कुटपिटबाट मुनीर खांको मृत्यु भएको लिखित जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले आरोपितहरुको खोजीकार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानएको छ। आरोपित ५ जनाविरुद्ध उजुरी परेको र हालसम्म पक्राउ नपरेको मृतकका बुवा गरिबुल्ला खांले बताए ।