बाँके माघ २२ गते।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुरमा फोहर व्यवस्थापनमा चुनौती थपिएको छ । नेपालगञ्ज वडा नम्बर २३, मा साढे १२ विगाह जमिनमा फोहर प्रशोधन सहितको डम्पिङ साइट संचालनमा रहे त,पनी परसपुर स्थित पेट्रोल पम्पको प्रागनको छेउमा बनाइएको डम्पिङ साइटका रुपमा फोहोर फ्याँक्ने थलो बन्दै गएको देखिएको छ ।
परसपुरगाऊं बाट दैनिक रुपमा निस्कने फोहोर फालिँदा पेट्रोल पम्पको प्रागनमा फोहोरको थुप्रो देखिन थालेको हो। फाहोरका कारण अत्यन्त दुर्घन्धित बनेको पेट्रोल पम्प देखिन्छ । नेपालगञ्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना लगायतको नियमहरु बनाएतापनि त्यो भने उचित कार्यान्वयनमा आउन सकेको छैन ।
भिर्कुटीनगरमा रहेका कुखुरा पसलबाट निस्कने फोहोर पदार्थ परसपुरमा जथाभावी फ्याँक्ने क्रम रोकिएको छैन । स्थानीय वडा कार्यालय परसपुरले फोहोरको उचित व्यवस्थापनको कार्य नगरे पछि परसपुरमा जथाभावी फोहोर फ्याँक्ने क्रम बढेको छ ।
परसपुरमा वडाले फोहोर व्यवस्थापनको नियमित फोहोर संकलन, कार्य नगर्दा कोठा वा सटरबाट व्यवसाय गरिरहेका व्यवसायीहरुलाई समेत समस्या परिरहेको छ । कतिपय स्थानियहरुले साँझपख फोहोर जलाउने गरेका छन्। तर त्यो पनि फोहोर व्यवस्थापनको राम्रो उपाय नरहेको स्थानिय श्रोतको भनाई छ ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । तर, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ परसपुर भने फोहोरमैला व्यवस्थापनमा कमजोर देखिएका छन् । कानुन अनुसार फोहोरमैला व्यवस्थापनको जिम्मा पाएका स्थानीय सरकारले वडाको फोहोरमैला व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले सहयोग नगरेको त्यसैले समस्या भइरहेको स्थानीय जनपर्तिनिधिको भनाई छ ।