बाँके मंसिर २२ गते ।
नक्कली नियुक्तीपत्र बनाएर राष्ट्रिय अनुसन्धानको जागिर लगाइदिन्छु भनेर ठगी गर्ने फहद खाँलाई प्रहरीले पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ निवासी प्रदिप बर्माले सरकारी जागिर लगाईदिनका लागी उनको सम्पर्कमा आए, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ नहरपुर्वा बस्ने फहद खाँलाई बर्माले २६ हजार रुपैया नगद दिएको बर्माले प्रहरी समछ दिएको निबेदनमा जनाएका छन ।
बर्माले नियुक्तीपत्र पाएपछि उनले राष्ट्रिय अनुसन्धानका लागि फिल्डमा खटिएर काम गर्न सुरु गरे । जब एक महिना पुग्यो, बर्माले तलब माग्न थाले। त्यसपछि खाँ सम्पर्कमा नै आएनन् आफूलाई सरकारी छाप किर्ते गरेर नक्कली नियुक्तीपत्र दिएको कुरा बर्माले तब मात्र थाहा पाए। वास्तविक कुरा थाहा पाउँदा बर्मा रुखको हांगाबाट खसेझै भए। त्यसपछि उनी कानुनी कारबाहीका लागि प्रहरीको शरणमा पुगेका थिए ।
बर्माको निवेदन आएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले खाँलाई खोज्न सुरु गर्यो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिने भन्दै ठगी गर्ने खाँ अन्ततः प्रहरीको फन्दामा परेका छन्। आरोपी खाँलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको उनले बताए। कार्यालयमा पीडितले सूचना दिएपछि नेपालगन्ज–२२ नहरपुर्वा निवासी खाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता डाँगीले जानकारी दिए।
कसैले राष्ट्रिय अनुसन्धानको कर्मचारी बनाईदिन्छु भनी ठगी गरेको जानकारी पाएमा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिन समेत यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ,’ जिप्रका बाँकेद्धारा जारी प्रेश नोटमा भनिएको छ। आरोपी खाँले जागिर लगाईदिन्छु भन्दै अन्य ब्यक्तीलाई पनि ठगेको हुन सक्ने बाँके प्रहरीको आशंका छ, खाँ माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।