नरैनापुर असोज १३ गते।
इस्लाम धर्मका विरुद्ध सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै नरैनापुरका जाबेद खानले कारवाहीको मांग गरिएको छ । नरैनापुर गाऊपालिका वडा नम्बर ५ स्थाई घर भएको हाल घोड़दौरिया बस्ने मास्टर तीरथराम यादवका छोरा ध्रुवराज यादव फेसबुकमा नाम जारबुर्ध यादव नामक आई डी बाट इस्लाम धर्म का पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्लललाहु अलयहि वसल्लम विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ती दिएपछि त्यसका विरुद्धमा मुस्लिम समुदायले कडा कारवाहीको स्थानीय प्रहरी प्रशासनलाई अनुरोध गरेका छन ।
सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने खालका ‘स्टाटस’ लेखेर इस्लाम धर्मप्रति जन्तामा गलत भ्रम पैदा गराई बाँके लाई बिखण्डन गराई शान्ति भंग गर्नु हो । नरैनापुर गाऊपालिका वडा नम्बर ४ मा रहेको फलाहुल मुस्लिमीन जमाअते नेपाल बाँकेका अध्यक्ष जाबेद खानले सामाजिक सञ्जालमा यस्ता अभिब्यक्ति दिने लाई स्थानीय प्रशासनसंग कारवाहीको मांग गरेका छन।
इस्लाम धर्म का पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्लललाहु अलयहि वसल्लम माथी खलल पुर्याउने अभिव्यक्ती दिएको कारण देशबिदेशका मुस्लिम समुदायले चौतर्फी बिरोध गरिरहेको समेत लिमरा खबरलाई खानले बताए ।
खानले भने आज बिदा परेकाले हामी ज्ञापनपत्र बुझावन सकेनौं भोली स्थानीय सरकार र स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझावने कार्यक्रम रहेको छ । आजभोलि धर्म माथि जुन प्रहार भइरहेको छ त्यो नेपाली समाजको लागि चुनौती बनिरहेको छ । उनले भने धर्ममाथी जून पटक पटक प्रहार गरिनु सामाजको लागि हितकर कदापि हुन् सक्दैन ।