धनगढी भाद्र २७ गते।
धनगढीको नेपाली नुरी जामा मस्जिदको अध्यक्षमा डाक्टर मेराज आलम अन्सारी निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिका-१ मा रहेको नुरी जामा मस्जिदको नयाँ कार्य समिति चयनका लागि शनिबार भएको निर्वाचनबाट अन्सारी अध्यक्षमा विजयी भएका हुन् ।
अन्सारी दुई सय मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी हाकिम धोबीले एक सय ४९ मतमा चित्त बुझाएका छन्। उपाध्यक्षसहितका पदाधिकारी र सदस्यहरूमा समेत डाक्टर अन्सारी प्यानलकै उम्मेदवार विजयी भएका छन् । अन्सारीको प्यानलले धोबी प्यानललाई क्लीन स्वीप गरेको हो । निसर्ग हस्पिटलमा कार्यरत अन्सारी सर्जन डाक्टर हुन्। अन्सारीले विजयी भएपछि आफ्नो चुनावी प्रतिबद्धताअनुसार काम गर्ने बताएका छन्।
उनले पुरानो मस्जिदलाई शहिद गरी त्यही ठाउँमा २ वर्ष भित्र वा मस्जिदको निर्माण गर्ने, अहिले ३ कक्षासम्म सञ्चालनमा रहेको मदरसा नुरुन्नवीलाई शिक्षाको हकमा थप उच्च स्तरमा लैजान आगामी वर्षहरुमा थप शिक्षा संचालन गर्ने, दिनी तालिम जस्तै, हाफिजे कुरान आलिमियतको विशेष पढाईको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
यस्तै, मस्जिद तथा मदरसामा सिसिटिभि क्यामेरा जडान गरिने, समितिमा अहिले सुन्न त वल जमात संग सम्बन्धित (हनफी, रिज्वी, बरेलवी) बरेली मर्कजलाई मान्यता दिने व्यक्तिहरु लाई समावेश गराइने समेत प्रतिबद्धता जनाएका थिए।