नेपालगन्ज भाद्र २३ गते।
राष्ट्रिय स्वराज पार्टी बाँकेका संरक्षक रियाज अहमद शेषको ग्रिल उद्योगमा चोरी भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ स्थित चारवाहिनी चौक नजिकै आर्मी ब्यारेक अगाडी रहेको रियाज ग्रिल उद्योगमा शुक्रबार रातीको समयमा चोरी भएको थियो ।
राष्ट्रिय स्वराज पार्टी बाँकेका संरक्षक रियाज अहमद शेषको उद्योगमा शुक्रबार रातीको समयमा उद्योगबाट विभिन्न सामान चोरी भएको संचालक शेष लिमरा खबरलाई जानकारी गराए । चोरी भएको समानमा वेल्डिङ मेसिन १ थान गिलेन्डर मेसिन १ थान तार लिड होल्डर लगाएत सामान चोरी भएको उनले बताए । उक्त समान अंदाजी एक लाख ३० हजारको रहेको शेषले जनाएका छन ।
सामान चोरी भएपछी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा जानकारी गराइएको बताइएको छ ।चोरको पहिचानका लागि उनले आफनो तर्फबाट विशेष पहल गरिरहेको र चोर गिरोहले सामान बेच्न आएमा सामान नकिन दिनु हुन बाँकेका ग्रिल उद्योग व्यवसायीलाई समेत आग्रह गरेका छन ।
नेपालगन्ज बजार छेत्रमा राती चोरीका घटना भइरहेका छन्”, उनले भने, “स्थानीय सरकारलाई पनी यस्मा ध्यान दिनु पर्ने हो । नगरमा सुरक्षा व्यवस्था मजबुत बनाएर भयरहित वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन समेत स्थानीय सुरक्षा निकायलाई रियाज ग्रिल उद्योगका संचालक शेषले आग्रह गरेका छन ।