काठमाडौं भदौ २१ गते।
काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका- १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर अन्तरगत कार्यालयहरुमा शोक बिदा दिएको हो ।
उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको प्रशासन विभाग विभागीय प्रमुख दीपक अधिकारीले बताए ।
रिजालको उपचारका क्रममा बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो । उनी पछिल्लो केही दिनदेखि डेंगुबाट संक्रमित थिए । संक्रमणपछि उपचारका क्रममा उनको अस्पतालमा निधन भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।रिजाल नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुन् ।