बाँके भदौ १७ गते ।
जानकी गाउँपालिका वडा नम्बर २ ले वडाको सार्बजनिक बाटो सरसफाईमा तदारुक्ता देखाएको छ । वडाको सार्बजनिक बाटोमा सरसफाईलाई मध्यनजर गर्दै आज वडा कार्यालयले सुचना जारी गर्दै सरसफाईलाई अघि बढाएको हो । वडाबासीको स्वास्थ्य, सरसफाईलाई जोड दिदै कार्यलाई अगाडी बढाइएको जानकी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले बताए ।
उनले भने बाटोको छेवमा दिशा पिसाब बाख्रा पशु चौपाया घुर (गाई भैसीको मल) थूपार्ने कारणले सडक दुर्घटना बढ्नुका साथै जथाभावीरुपमा फोहोरमैला फ्याल्ने, सडकमै पानी फाल्ने लुगा धुनेजस्ता अन्य कार्यले वडा कुरुप र दुर्गन्धित भएकाले अब जानकी गाउँपालिका वडा नम्बर २ ले व्यवस्थित गर्न लागीपरेको वडाध्यक्ष गुप्ताले बताए ।
अन्त्यमा सबै वडाबासी सञ्चारकर्मी, नागरिक समाजका सबै जना सकारात्मक रूपमा अग्रसर हुन सकेमा बाटोके छेवमा बाख्रा पशु चौपाया घुर (गाई भैसीको मल) थूपार्ने समस्या समाधान हुने अनुकुल बनाउन सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।