बाँके भदौ १५ गते।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ चौलिका स्थित सशस्त्र प्रहरी चेक पोस्टमा गए राती करिव १०:३० बजेको समयमा भएको झडपमा १४ वर्षीय बालक जैयदको आँखामा गम्भिर चोट लागेको छ । बालकको भेरी अस्पतालमा प्रारम्भिक उपचार पछि रातीनै फत्तेबाल आँखा अस्पतालमा रेफर गरिएको थियो। आज जैयदको आँखाको आपरेशन फत्तेबाल आँखा अस्पताल नेपालगंजमा भएको हो नेपालगन्ज १४ का वडा अध्यक्ष मजहर अली शाहले बताए ।
स्थानिय एक महिलाले भारतबाट एक–एक बोरा चामल ल्याउदै गर्दा चौलिका चेक पोस्टमा खटिएका सशस्त्र प्रहरीले महिलालाई रोक्न खोज्दा लठ्ठी प्रहार गरेको महिलाले बताउछिन । महिलालाई लठ्ठी प्रहार गर्दा स्थानियहरु आक्रोसित भई चौलिका चेक पोष्टमा बसेका सशस्त्र प्रहरीमाथि ढुंगा आक्रमण गर्दा भिडमा रहेको बालकको आँखामा गम्भिर चोट लागेको सशस्त्र प्रहरीले बताइएको छ ।
स्थानीय र सशस्त्र वीच करिव एक घण्टा झडप भएको थियो। बागेश्वरी सशस्त्र प्रहरी बल ३० नम्बर गण बाँकेका प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मण थापाले जैयदलाई सशस्त्र प्रहरीले नहानेको दावी समेत गरेका छन । उनले भने झडपका क्रममा स्थानीयले फालेको ढुंगाले सशस्त्र प्रहरीको गाडीलाई तोड़ फोड़ भएको छ। जैयदको आँखामा ढुंगाले या कतै ठोकेरा चोट लागेकोहो सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले लिमरा खबरलाई बताए । हाम्रो सशस्त्र प्रहरी टोलीले कसैलाई आक्रमण गरेको छैन जानकारी समेत दिएका छन ।