बाँके भदौ १ गते ।
डुडुवा गाउपालिका वडा नम्बर ६ मा राष्ट्रिय स्वराज पार्टीको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा एक सय पचास जनाले पार्टी प्रवेश गरेका छन । राम निवास साहूको सभापतिमा कार्यक्रम भएको हो । यो कार्यक्रममा मुख्यरूपमा अहिले सीमावर्ती क्षेत्रमा जनतामाथि भइरहेको अन्याय अत्याचार बिरुद्धको बिषयमा छलफल भएको थियो।
कार्यक्रममा केन्द्रीय अध्यक्ष इरफान शेषको प्रमुख अतिथिमा कार्यक्रममा सुरुवात भएको थियो। केन्द्रीय महिला नेतृ जोया शेषले मन्तब्य राखेर महिलाहरुको समस्याहरुको प्रकाश पारेकी थिन । त्यस्तै कार्यक्रममा नेता जाबिर हल्वाईले समेत मजदुर किसान तथा सीमावर्ती क्षेत्रमा भइरहेको दमनबारे बोलेका थिए।
केन्द्रीय नेता राजा सिंह, रियाज अहमद शेष, सुनिल बर्मा, रूपरानी गडाडिया, जिल्ला सभापति अब्दुल कादिर साईले समेत मन्तब्य राखेका थिए, कार्यक्रम संचालक अब्दुल वाहिद शेषले गरेका थिए ।
कार्यक्रममा बाबुराम कोरी, राजू बर्मा, सत्ते सिंह, अयुब सिंह, जलालुद्दीन हल्वाई, सिराज सलमानी, अब्दुल सलाम सलमानी, माजिद हासमी, निजाम शेष, राहुल शेष, इसराईल खान बर्दिया जिल्लाका परिषद सदस्य मुनिर शेष लगायतका नेताहरुको व्यापक उपस्थितिमा कार्यक्रम सम्पन्न भएको लिमरा खबरलाई नेता जाबिर हल्वाईले जानकारी दिएका छन ।