टंक रेग्मी
नेपालगंज सावन २८ गते-नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने नेपालगञ्जका एक हजार ४ सय ७९ व्यापारीलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ ।
विभागले आर्थिक वर्ष २०७९/८० को बार्षिक विवरण सार्वजनिक गदै अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने नेपालगञ्जका एक हजार ४ सय ७९ व्यापारीलाई कारबाही गरेको हो ।
विभागका महानिर्देशक दिनानाथ मिश्रका अनुसार पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेको बताउदै त्यसको निगरानी विभागले गरेको बताउनुभयो। महानिर्देशक मिश्रले बजारमा अनुमतिपत्र नलिएका, जाँच नगराएका, नामसारी नगराएका र नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको बताउनुभयो ।
विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।