रुपन्देही सावन १२ गते ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेशराज जोशी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निरीक्षणमा डिआईजी जोशीले जिल्लाको शान्ती सुरक्षा,प्रहरी जनशक्ति,अपराधिक घटना अवस्था तथा वस्तुस्थिति लगायत विषयहरुमा जानकारी लिए पछि रूपन्देही प्रहरी तस्करी नियन्त्रणमा केन्द्रित भएको छ ।
डिआईजी जोशीले रुपन्देही प्रहरी कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत अन्य प्रहरी कर्मचारीहरुलाई काम कर्तव्य अधिकार र शान्ती सुरक्षा सम्बन्धमा आवश्यक निर्देशन दिएका थिए।तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको प्रहरीको दाबी छ।
रूपन्देही जिल्लाको अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको छ । विभिन्न अवैध कारोबारीबाटै सीमा क्षेत्रमा आपराधिक कार्य हुने गरेको भन्दै रूपन्देही प्रहरी तस्करी नियन्त्रणमा केन्द्रित भएको हो।प्रहरीले बुटवल, भैरहवा लगायतका बजारमा भरियामार्फत् पठाइएका सामान र ढुवानीका साधन समेत नियन्त्रण गरी भन्सार चलान गर्ने गरेको छ।
जिल्लाका विभिन्न सीमा नाकामार्फत् भन्सार छली गरेर ल्याइएका त्यस्ता सामानको गोदाममा समेत छापा हानी बरामद गरिएको छ ।तस्करी नियन्त्रणका लागि प्रहरीले निरन्तररूपमा तस्करी गर्ने पुराना तस्करको निगरानी गर्ने र तस्करी गरेको सूचना आउनासाथ नियन्त्रण गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत वि.क.ले जानकारी दिए।
पेशेवर तस्करलाई निरुत्साहित गर्नका लागि नियन्त्रण भएको तस्करीका सामान, तस्करीमा प्रयोग भएका ढुवानीको साधन र संलग्न मानिसलाई समेत सख्त कारबाही गर्ने गरिएको छ। सीमा क्षेत्रका प्रहरी चौकीलाई विशेष गरेर रातको समयमा उच्च सतर्कतामा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ताले बताए। थापा प्रवक्ता भन्छन्, “हामी तस्करी हुने मुहानदेखि गोदामसम्म निगरानी बढाएका छौँ।