बाँके सावन ५ गते।
बिष्णु खटिक (बि के मधेसी) बाँके जिल्ला स्वतन्त्र मधेस गठबन्धन का पुर्ब जिल्ला सदस्य हाल जनमत पार्टी को दलित जनमत संघको वरिष्ठ राष्ट्रिय उपाध्यक्षले जनमत पार्टीबाट राजीनामा गरेका छन । बि के मधेसीले बिगत पछील्लो १० वर्ष देखी स्वतन्त्र मधेश गठबंधन हुदै जनमत पार्टी मा लागि रहेंका थिए ।
किन जनमत पार्टी परित्याग गरेको हो ?
( १ ) जनमत पार्टी मा निती नियम लोकतन्त्र को कुनै ठाऊं छैन सी के राउत र उनका २,४ जना आसे पासे ले पार्टीलाई नियंत्रण मा लिए का छन ।
( २,) जनमत पार्टी मा कुनै पनि मूल्य मानता निती सिद्धांत तथा कुनै पनि मुद्दा मा टिकी रहने चरित्र नदेखीएमा ।
( ३ ), जनमत पार्टी ले मधेशी जनता को भावना संग खेलनु बाहेक केही गरेन, गरीब जनता लाई इस्तेमाल गरी हामी जस्ता हजारौ युवा को लाइफ बर्बाद गरी पुरानै पार्टी हरू को शैली मा आफ्ना आसे पासे लाई संसद सम्मा पुराउने काम मात्र गरे । ( ४,) पार्टी बिस्तर गर्ने बेला मा गरीब हरू लाई इस्तेमाल गरने तर चुनाव लडने बेला चोर बलात्कारी अमीर मान्छे चाहीन्छ भन्ने ।
( ५ ), जनमत पार्टी का अध्यक्ष वा उनका आसे पासे संग कुनै कार्यकर्ता ले केही सवाल गरे भने नेता हरू सीधा भन्ने गरे का छन हामी जेल जाना भने को थीयों हामी ले भने थीयों आफ्नो सबै पार्टी को लागि लुटाइ दिनु ।
( ६,) पार्टी अध्यक्ष सी के राउत संग कुनै सवाल गर्ना न मिल्ने ,यदी कसै ले सवाल गर्यो भने उस लाई घुसपैठिया भन्ने भनेर कार्वाही वा निलम्बन गरिने ।
बि के मधेसीले भने येस्ता पार्टीमा बस्ने उचित न भएकाले आज को मिती बाट साधारण सदस्य समेत न रहने गरी जनमत पार्टी परित्याग गरेका छन ।