नेपालगन्ज असार २८ गते ।
जिल्ला प्रहरी बाँकेले लेनदेन (विगो) मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लेनदेन मुद्दामा फरार रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ नदईगांऊका ४५ वर्षीय राजेन्द्र जैसवार कुर्मी पक्राउ परेका हुन ।
कुर्मीलाई बाँके जिल्ला अदालतले मिति २०७९ माघ १३ गते सुनाएको फैसलाले लेनदेन मुद्दामा बिगो बापत १ बर्ष कैद सजाए सुनाएको थियो ।
फरार कुर्मीलाई विशेष सूचनाका आधारमा जिप्रका बाँकेबाट खटिएको प्रहरी टोलीले मिति २०८० असार २८ गते पक्राउ गरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।