बाँके असार २४ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय स्वराज पार्टी बाँकेले संगठन बिस्तार गरेको छ । केन्द्रीय महिला नेतृ जोया शेष तथा केन्द्रीय संयोजक इरफान अहमद शेषको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम सालिया हासमीको अध्यक्षतामा भएको हो । साथै कार्यक्रममा केन्द्रीय सचिव राजा सिंह, जिल्ला संरक्षक जाबिर हल्वाई, महिला नेतृ पुष्पा हरिजन, हेमा खटिक, साहिद हासमी लगायतका नेताहरूको विशेष उपस्थितिमा रहेकोको थियो।
उक्त कार्यक्रमको भेलाबाट सुशीला गोडियाको अध्यक्षतामा १७ सदस्यीय वडा कार्य समिति गठन गरिएको छ । राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय महिला नेतृ जोया शेषले लिमरा खबरलाई जानकारी गराएकी हुन ।