काठमाडौं,जेठ,१,गते।
मोबाइलको आयातलाई व्यवस्थित बनाउन सरकारले आइतबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० प्रणाली लागू गरेको छ । सरकारले नेपालमा अवैध रूपमा भित्रिने मोबाइलको ओरापसार रोक्न एमडीएमएस प्रणाली लागू गर्न लागेको हो । एमडिएमएस प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने र अब अवैध रूपमा भित्र्याइएका मोबाइल नचल्ने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि विदेशमा गएका नेपाली मुलुक फर्किँदा थप एउटा मोबाइल ल्याउँदा भन्सार शुल्क छुटको व्यवस्थासमेत गरेको छ ।
सरकारले गत आर्थिक वर्षको बजेटमार्फत् २०७८ साउनदेखि नै यो प्रणाली लागू गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै २०७९ पुस १५ गतेको भाका सारिएको थियो । नयाँ सरकार बनेसँगै उक्त प्रणाली तत्काल लागू नगर्ने निर्देशन भएसँगै रोकिएको थियो । सरकारले वैदेशिक रोजगारीमा गएर फर्किने नेपालीहरूको हकमा लागू हुने गरी विदेशमा बस्दा चलाउँदै आएको भन्द थप एउटा मोबाइलको भन्सार तिर्न पर्ने व्यवस्था गरेको छ ।
भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले कानुनी छिद्र प्रयोग गरेर अवैध रूपमा मोबाइल ओसारपसार बढेकाले यसलाई नियन्त्रण गर्न प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू गरिएको बताए । उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू नहुँदा सरकारलाई राजस्व संकलनको हिसाबले राज्यलाई गम्भीर क्षति भइरहेको बताए ।
उनले वैदेशिक रोजगारीमा गएका सोजा सिधा मानिसहरूलाई प्रयोग गरेर केही व्यवसायी तथा तस्करहरू मोवाइल ओसारपसारमा लागेको बताए । उनले अहिले पनि अवैधानिक रूपमा बजारमा भित्रिएका मोबाइल संख्याको करिब ४० लाखको हाराहारीमा रहेको बताए । सूचना अधिकारी खड्काले एउटा मोबाइलको १५० लाखको मूल्याङ्कन गर्दा सरकारलाई १८ प्रतिशतसम्म राजश्व कम भइरहेको बताए । उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू हुँदा १० अर्ब राजस्व संकलन बढ्ने आकलन गरेको बताए ।
उनले प्राधिकरणका अनुसार गत पुस १५ देखि नै सञ्चालनमा ल्याउने तयारी भए पनि भन्सारले एउटा भन्दा बढी मोबाइल ल्याएको हकमा कसरी नियमन गर्ने र दर्ता प्रक्रियामा लैजाने भन्ने विषय समय लागेकाले ढिलो गरी व्यवस्थापन गरेर लागू गरिएको बताए । सूचना अधिकारी खड्काले विदेशमा बस्दा प्रयोग भएका बस्तु ल्याउँदा एक थान मोबाइल ल्याउन पाउने प्रावाधान गरिएको बताए ।
पछिल्लो चरणमा वैदेशिक रोजगारका र देशलाई रेमिट्यान्समा योगदान गरेकाहरूले नेपालमा आउँदा परिवारलाई थप एउटा मोबाइल ल्याउँदा पनि राजस्व लिएको गुनासो आएकाले त्यो गुनासो सम्बोधनको लागि प्रणाली लागू भएको उनले बताए । सूचना अधिकारी खड्काले विदेशमा ६ महिना भन्दा बढी बसेर आउने र थप एउटा मोबाइल ल्याउँदा मोबाइल ल्याउनेहरूले भन्सारलाई जानकारी दिने र त्यही अनुसार दुरसञ्चारलाई पठाउने बताए । श्रोत-शिलापत्रबाट