नेपालगंज,बैशाख,२१,गते।
बाँके जिल्लाको जानकी र डूडूवाका सीमानाकाबाट राँगा खुलेआम तस्करी हुने गरेको छ । भारतको जिल्ला बहराइचको बाबागंज नानपारा कोटवा हाट बजारबाट राँगा तस्करी हुने गरेको हो । राँगा तस्करीमा जानकी-१ साईगाउँ,बढैयागाऊकै स्थानीय तस्करहरु रहेको नाम नखोल्ने सर्तमा रांगा हाकने लेबरले बताएका छन ।
सीमानाकामा रहेका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट अगाडीबाटै राँगाको तस्करी नेपालतर्फ भित्रँदा समेत कुनै चासो नदेखाएपछि आशंका बढेको छ । भारतबाट साताको दुई दिनमा झण्डै ३ लाख बढीका राँगा भित्रने गरेको छ । साईगाउँ,बढैयाको, खुल्ला सिमानाकाको फाइदा उठाउदै तस्करहरू हप्तामा दुई दिनमा १ सय देखि २ सय राँगा भित्रन्छन् । सरकारले तीन वर्षअघि नै राँगा, खसिबोका आयातमा कडाई गरेपछि यसको तस्करी हुन थालेको हो ।
आइतबार, मंगलबार भारतबाट रातको समयमा हिर्मिनिया साईंगाऊ बढैया शिपरी विभिन्न नाकाबाट राँगाहरु नेपाल ल्याइन्छ। त्यसपछि जानकी-३ रामवापुरमा शनिबार चल्ने पशु हाटबजारमा उनीहरुलाई नेपाली पशु प्रमाणित गरिन्छ ।
त्यसपछि उनीहरुलाई कीर्ते कागज प्रमाणित गराई खरिदबिक्री गरेर काठमाण्डौं लगायत शहरमा पठाइन्छ । नेपालगंजमा मासुको लागि राँगा, पाडापाडी सम्बन्धी कुनै फर्म नै नभएको र भन्सारबाट समेत राँगा, पाडापाडी आयात नगरिएको अवस्थामा ठूलो परिमाणमा काठमाण्डौ निर्यात हुनुले पनि यसको अवैध तस्करी भइरहेको पुष्टि हुन्छ ।
भारतबाट अबैध रुपमा राँगा तस्करी गरेर बजारमा ल्याई बजारबाट नेपाली रागा भैंसी बनाएर कागजपत्र बनाई ट्रकमा लोड गरी काठमाडौं, पोखरा जस्ता बिभिन शहरमा पठाउने गरिएको स्रोतले जनाएको छ । सीमा नाकादेखी जानकी-३ रामवापुरको हाट बजारसम्म प्रहरीकै आँखा आगाड़ी राँगा भैसीलाई रामवापुर हाट बजार सम्मा पुर्याइने गरेको स्थानिए स्रोतको दाबी छ ।