बाँके,वैशाख,१४,गते ।
स्पिनर सन्दीप लामिछानेले जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा घरेलु टोली नेपाललाई कतारविरुद्ध आठौँ सफलता दिलाएका छन् । जितका लागि १५८ रनको लक्ष्य पछ्याएको कतारले २१ ओभरको दोस्रो बलमा खुरान शाहजादलाई गुमाएको हो ।
उनलाई सन्दीपले १५ रनमा आउट गराए । त्यसअघि स्पिनर ललित राजवंशीले सातौं विकेटका रुपमा अमिर फारिक्वीलाई १४ रनमा पवेलियन फर्काएका थिए । छैटौँ विकेटमा सन्दीपले कप्तान मोहम्मद रिजलानलाई ४ रनमै आउट गराएका थिए ।
साथै तीव्र गतिका बलर सोमपाल कामीले इक्रमुल्लाह खान ५ रनमा आउट गराएका थिए भने मोहमद तनविर शून्य र इमल लियानेजलाई ६ रनमा बोल्ड गरेका थिए। साथै जाहीर इब्राहिमलाई सन्दीपले १५ रनमा आरिफ शेखबाट क्याच गराएका थिए भने पहिलो सफलताका क्रममा ललितनारायण राजवंशीले कतारका ओपनर कमरान खानलाई ८ रनमा क्याच गराएका थिए ।