बाँके,बैशाख,११,गते।
राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेष सांसदको चुनाव लड्दा ३ लाख ५८ हजार रुपैयाँ खर्च भएको बताएका छन् । अइतबार राष्ट्रिय स्वराज पार्टी बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै शेषले चुनावी खर्च घट्दै जानुपर्नेमा बढ्दै गएको बताए। पहिलो पटक चुनाव लड्दा चुनावी खर्च बढ्दै गएको उनको भनाइ थियो।
उनी बाँके -२ बाट पर्तिनिधिसभा सदस्य मा उठेका थिए । पहिलो चुनावमा नयाँ हुँदा खर्च कम भएको बताउँदै । पहिलो चुनावमा मैले धेरै मान्छेलाई चिन्दैन्थे, मेरो लागि नौलो ठाउँ थियो,” उनले भने, छेत्र नंबर २ मा २७ वटा वडा थिए, हरेक वडामा हिडेर जानुपर्ने थिए ।
त्यसपछि मान्छेसँग चिनजान भएको खर्च घट्ला भन्ने सोचेको उनले बताए। तर, खर्च बढ्दै जाँदा चुनाव लड्न गाह्रो हुने अवस्था आएको बताए। उनले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गरे । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिए । नेपालको संसादिये चुनावमा १० करोड सम्मा खर्च गर्ने नेता कै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको शेष भनाइ छ ।