नेपालगंज,बैशाख,९,गते।
राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय अध्यक्ष इरफान अहमद शेषले मुस्लिम समुदायको इद (इद उल फित्र) को अवसरमा इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्। इदका अवसरमा शुभकामना दिँदै शेषले मुस्लिम समुदायको बसोबास रहेका सबैजसो भागमा मनाइने इद पर्व नेपाली समाज र सांस्कृतिक विविधताको परिचायकको रूपमा रहेको बताएका छन्।
उनले यो पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकासका साथै राष्ट्रिय सद्भाव र एकता प्रवर्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। सामाजिक, धार्मिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई मजबुत बनाउनेमा आफू विश्वस्त रहेको जनाउँदै राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय अध्यक्ष शेषले यो पर्वबाट राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न थप प्रेरणा प्रदान मिलोस् भन्ने कामना गरेका छन्।
शेषले शुभकामना संदेशमा इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताउनुभएको छ । मुस्लिम धर्मावलंबीहरुको पर्व ईद उल फितर पर्वको अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।