बाँके,चैत,२४,गते ।
नेपालगंज उप_महानगरपालिक वडा नम्बर ५ वडा प्रहरी कार्यालय स्थित खिदमत ग्रुपको अगुवाइमा रोजा इफ्तार कार्यक्रम भएको हो । मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा रोजदारहरुलाई लक्षित गर्दै आज बिहीवार रोजा ईफ्तार कार्यक्रम गरिएको छ ।
इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वसल्लमले भन्नुभयो कि “जसले रोजादारलाई रोजा इफ्तार गरायो त्यो इफतारी पापबाट मुक्ति र नर्कको आगोबाट घाटीलाई बचाउने कारण बन्नेछ । पवित्र माहिनामा रोजा इफ्तार गराउनेलाई रोजा बस्ने जत्तिकै पुण्य प्राप्त हुनेछ तर रोजा बस्नेको पुण्यमा कुनै कटौती हुदैंन् ।
इस्लाम धर्मावलम्वीहरूले एक महिना लामो उपवास अर्थात रोजा बसेर रमजान पर्व मनाउछन् । तीसौं दिनको साँझमा चन्द्रमा देखिएपछि रमजानको रोजा अर्थात उपवास समाप्त हुन्छ । अरबिक क्यालेण्डर अनुसार हिजरी पात्रो १४४३ हो भने रमजान महिना अरबिक क्यालेन्डर अनुसार नवौँ महिना पर्दछ । इफ्तार कार्यक्रममा करीब एक सय भन्दा बढीको सहभागीता रहेको खिदमत ग्रुपले जनाइएको छ ।