मंसूर अलि इद्रिशि
नेपालगंज,चैत,१४,गते-बांकेका नेपालगंज उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्मा नेपाली कांग्रेस बाट निर्वाचित भएका हुन । जनताका लोकप्रिय मानिने वर्माले नागरिकहरू सँग गरेका वाचालाई निरन्तर पुरा गरिरहेका छन् । सरल स्वभावका वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्माको काम वाट वडाबासीहरू पनि सन्तुष्ट रहेका छन् ।
लामो समयदेखि जीर्ण तथा अव्यवस्थित थुकैलागाउँको भित्री सडकको संरक्षणमा वडा अध्यक्ष वर्माले देखाएको चासोले वडाको मुहार फेरिएको छ । जनताको साथ रहेमा विकासमा सहज हुने वडा अध्यक्ष वर्माको ठम्याई छ । निर्वाचित भएपछि अध्यक्ष वर्माले वडा भित्रपर्ने सबै गाउँहरूलाई प्राथमिकता दिँदै विकास गरिरहेको बताएका छन् ।
वडा अध्यक्ष वर्माले ८०/२०,को १७ लाखको योजना आज थुकैलागाउँमा दुई सय मिटर लम्बाई रहेको पिसिसी सडक निर्माण योजनाको शिलान्यास गर्नु भएको छ । जगराम कोरीको घरदेखि छबिलाल धोबीको घर सम्मा दुई सय मिटर लम्बाईको सडकको मंगलबार बिहान १० बजेको समयमा वडा अध्यक्ष लक्ष्मण वर्माले शिलान्यास गर्नुभयो ।
वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्माले वडाका अन्य टोलमा पिसिसी सडक निर्माणका योजना सञ्चालन भईरहेको समेत बताउनु भयो । आगामी आवका लागि वडासहित उपमहानगरपालिका, प्रदेश र संघबाट पनि योजना समावेश गर्न पहल गरिरहेको भन्दै उहाँले वडाबासीका माग क्रमश पुरा गर्नेतर्फ लागिपरेको पनि बताएका छन ।
वडामा विभिन्न जात समुदायका नागरिकहरू बसोबास गर्ने भएकोले धार्मिक क्षेत्रमा पनि वार्षिक रूपमा विभिन्न कामहरू भएको वडा अध्यक्ष वर्माको भनाई छ । यस गाउँमा रहेका मज्जीद,मन्दिरहरू संरक्षणलाई बजेट विनियोजन गरी काम गरेको छु, वर्माले भन्नुभयो, “वडाका सबै नागरिकहरूमा आपसी भाइचाराको सम्बन्ध सहित सद्भाव कायम गर्न वडा वाट सक्दो प्रयास गरेको छु।
उपमहानगरवाट राम्रो सहयोग पाएको भन्दै प्रदेश तथा केन्द्र वाट पनि बजेट ल्याई वडाको विकासमा आफू लागि परेको वर्माको भनाई छ । पि.सि.सि. सड्क निर्माण उपभोक्ता समितिका अध्यक्ष हजारीलाल यादबले लिमरा खबरलाई जानकारी दिंदै भने वडाबासीको सहभागितामा सडकको शिलान्यास गरिएको बताउनुभयो।