वीरगञ्ज,चैत,२,गते।
वीरगन्ज महानगरपालिकाले सार्वजनिक जग्गा खोजी कार्यलाई तीव्रता दिएको छ । महानगरपालिकाले समिति नै बनाएर अतिक्रमणमा परेका सार्वजनिक जग्गाहरुको खोजी अभियान चलाएको छ । दशकौँ देखि व्यक्तिहरुले अतिक्रमण गरेका सार्वजनिक जग्गाहरु नक्साअनुसार खोजी गरि छुट्याउने कार्यलाई एक महिनादेखि महानगपालिकाले अभियानकै रुपमा अगाडि बढाएको हो । वीरगन्ज महानगरपालिकाको वडा नम्बर १७ र १९ मा मात्र १५ बिघाभन्दा बढी सार्वजनिक जग्गा खोजी गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका वडा नम्बर १९ साविक वर्वा गोगको वडा नम्बर ३ मा दशकदेखि कोन्हियाके व्यक्तिहरुले खन जोत गरि खेति गरिरहेको ७ बिघा जग्गाको सोमबार मात्र अतिक्रमण हटाइएको महानगरपालिकाले जनाएको छ ।महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने कामसमेत गरेको छ । सार्वजनिक जग्गा छुट्याएर तारबार गरि वृक्षारोपण गर्ने महानगरको योजना रहेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुगेपछि जग्गा छुटिएको हो । अतिक्रमित जग्गा वडा नम्वर १७ का स्थानीयले भोगचलन गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए। अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उनले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै दुई दिनमा वडा नम्बर १९ को १२ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताए। महानगरपालिकाको नगर प्रमुख राजेश मान सिंहले अतिक्रमित जग्गाको खोजी निरन्तर गरिने बताए।
अतिक्रमित जग्गा खोजी अभियान ३२ वटै वडामा संचालन गरिने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका कर्मचारी हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नम्बर १९ का वडा अध्यक्ष मुकेसकुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण, अनिल पंणित, रामेश्वर प्रसाद कुशवाहालगायत स्थानीयको सहभागितामा उक्त जग्गा नापजाच गरि छुट्याएको थियो ।
हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको नगरप्रमुख सिंहको भनाइ थियो । यस अघी महानगरपालिका वडा नम्वर १७ का वडासदस्य अमोद यादव सहित केही स्थानीयले भोगचलन गर्दै आएका कोन्हिया गाउको ५ विग्घा जग्गा छुटेयाएर नियन्त्रणमा लिएको छ । यादवले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडमा ४ विग्घा सार्वजनिक जग्गा अतिक्रमण गरी खेती गर्दै आएका थिए ।
साभार,नवजनप्रहार