मंसूर अलि इद्रिशि,
नेपालगंज,फागुन,२८,गते-बांकेको साईगाउँ प्रहरी चौकीमा आएको एक महिनामै चौकी इंचार्ज फत्ते सिंघ चौधरीले अवैध तस्करी कारोबार ठप्प पारेर नयाँ रेकर्ड बनाएका छन् । साईगाउँ प्रहरी चौकीले भारतबाट हुने अवैध तस्करी नियन्त्रणमा कडाइ गरेको छ । साईगाउँ नाकाबाट भन्सार छलेर भित्र्याउने तस्करहरुमाथि निगरानी बढाएसँगै आज जानकी गाउँपालिका वडा नम्बर १ स्थित साईगाउँबाट करिव एक लाख मूल्य बराबरको अवैध सामान बरामद भएको साईगाउँ प्रहरी चौकीका इंचार्ज चौधरीले जनाएको छ ।
जानकी गाउँ पालिका वडा नम्बर १ साईगाउँ नजिकैबाट प्याज, आलु,डिव,मज्जा,पानको पत्ता,अंगुर बरामद भएको छ । अंदाजी १२ कुंटल अवैध सामान बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामानको अंदाजी मूल्य एक लाख रुपैयाँ रहेको साईगाउँ प्रहरी चौकीले जनाएको छ । साईगाउँ प्रहरी चौकीका इंचार्ज चौधरीको कमाण्ड खटिएको टोलीलेनियन्त्रणमा लिएको छ । साईगाउँ नाका नजिकै रहेको साईगाउँबाट अवैध सामग्री बरामद भएको चौधरीले बताउनुभयो । अंदाजी एक लाख रूपैयाँ बराबरको सामान बरामद गरी भन्सार पठाइएको साईगाउँ प्रहरी चौकीले जानकारी दिए।
अहिले साईगाउँ प्रहरी चौकीले कडाइ गर्दा पचपोखरा साईगाउँ,बढैया, नाकाबाट हुने यस्ता गतिविधिहरु अहिले नियन्त्रणमा छन् । चौधरीले नेपाल-भारत सीमाबाट हुने गैरकानुनी गतिविधिहरु नियन्त्रण गर्न कुनै पनि सम्झौता नगरी काम गर्ने बताएका छन् । नेपाल र भारतबीचको यो धेरै गतिविधि हुने साईगाउँ नाका भएकाले पनि हामीले यहाँ गैरकानुनी गतिविधि नियन्त्रण गर्न हरप्रयास गरेका छौं,’ साईगाउँ प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले भने, ‘साईगाउँ चौकीको नेतृत्व परिवर्तन भएपछि, लागुऔषधलगायत अन्य गैरकानुनी गतिविधि नियन्त्रणउन्मुख छ।
यति मात्र नभई साईगाउँ प्रहरी चौकीले पचपोखरा साईगाउँ,बढैया, नाकाको चौक,चौकमा चेक जाँचका लागि प्रहरीलाई डिउटीमा खटाइएको छ। डिउटीमा खटिएका प्रहरी जवानहरूले कुनै पनि गल्ती गरेको पाईएमा गल्तीहरुलाई माफ नगरी कारबाही गर्ने निर्देशन समेत चौधरीले दिएका छन । बाँकेका एसपी सन्तोषसिंह राठोरले अवैध तस्करी नियन्त्रणका लागि चौकीलाई कडा निर्देशन पनि दिनुभएको चौधरीले बताउनुभएको छ ।