काठमाडौं,फागुन,२६,गते।
गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।
पहिलो नम्बरमा डीआईजी वसन्तबहादुर कुवँर रहेका छन्। दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।
अबको दुई साताभित्र प्रहरी महानिरीक्षक पद रिक्त हुनेछ। अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहेमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह चैत ११ बाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी बढुवा हुने ५ जनामध्येबाटै आईजीपी छनौट हुने छन ।