मंसूर अलि इद्रिशि
बांके,फागुन,२३,गते-जाँनकी गाउँपालिका वडा न ३ इन्द्रपुरका वडा अध्यक्ष राज कुमार कुर्मि(बाबु),द्वारा हिन्दुहरुको महान पर्व फागुपूर्णिमा (होली)र मुस्लिम धर्मवलम्बीहरुको महानपर्व शबेबारातको पावन अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका वडावासी एवम् सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन ।
सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देशमा खुसीहरुको पर्वको रुपमा होली पर्व तथा मुस्लिम धर्मवलम्बीहरुको महान पर्व शबेबारात हर्षोल्लासपूर्वक बिभिन्न रङ्गहरुमा रमाएर मनाउने गरिन्छ । यस पर्वले हामी सबैबीच सामाजिक सद्भाव र राष्ट्रिय एकता वृद्धि गर्न सघाउन पुग्नेछ भन्ने विश्वास लिएको छु ।
उनले भने हाम्रा यस्ता पर्वहरुले हाम्रो मौलिक पहिचान बढाई सांस्कृतिक विविधतामा एकता झल्काई प्रगतिपथमा लम्कन सबैमा उत्साह थपी “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न थप टेवा पुग्ने अपेक्षा गरेको छु ।
यस्ता अमूल्य संस्कृतिहरुको संरक्षण गरि हाम्रो मौलिकता जोगाईराख्ने काममा रचनात्मक भूमिका निर्वाह गर्न सबैमा वडा अध्यक्ष राज कुमारले आग्रह पनि गरे । वडा कार्यालय प्राङ्गणमा होली मिलन कार्यक्रम पनि गरिएको हो ।होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष राज कुमारलेले होली पर्बले आपसी सद्भाव, भाईचारा कायम गर्ने विश्वास गरे ।
वडा सचिव लालबहादुर रानामगरले लिमरा खबरलाई जानकारी दिंदै भने होली रङहरुको पर्व हो, यसले मानिसको जीवनमा रङहरु भर्ने र खुसीयाली ल्याइदिएको पनि बताए ।