बांके,फागुन,२१,गते।
राष्ट्रिय स्वराज पार्टीका अध्यक्ष इरफान अहमद शेषले फागुन पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाजमा पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै नेपालीको पहिचान बनेको बताउनुभएको छ । फाल्गुन शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागु पूर्णिमा मनाइन्छ ।
राष्ट्रिय स्वराज पार्टीका अध्यक्ष शेषले अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्वफागुन पूर्णिमा होलीको पावन अवसरमा सम्पुर्ण देशवासी वडा नगरवासि देशवासि,बिद्यार्थी,कर्मचारी,शिक्षक,दाजुभाइ,दीदी,बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
साथै उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।