नेपालगंज,फागुन,२१,गते।
बांके जिल्लाको नेपालगंजमा राष्ट्रिय स्वराज पार्टीको संगठन बिस्तार अभियान तिब्रगतिमा आगाडी बदेको छ । राष्ट्रिय स्वराज पार्टीको बांके जिल्लाको कार्यालयमा बैठकबसि सम्बोधन गदै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज अब्दुल कादिर साईले जनताको आशा र भरोसाको केन्द्र राष्ट्रिय स्वराज पार्टी भएकोले राष्ट्रिय स्वराजलाई जनताका साझा समस्याबाट भाग्ने कसैलाई छुट नरहेको लिमरा खबरलाई बताए ।
जिल्लामा विकास निर्माण सुशासन कायम गरी प्रभाबकारी रूपमा विकासको अनुभति गराउने गरी काम गर्नु सबैको दायित्व भएको बताउदै , राष्ट्रिय स्वराज पार्टीले जनताका माझमा लैजानुपर्ने बताउदै पार्टीले सञ्चालन गरेको संगठन बिस्तार अभियानलाई जनताका माझमा लैजानुपर्ने जनतामाझ राष्ट्रिय स्वराज पार्टीको अबको लक्ष्य उद्वेश्यका बारेमा जानकारी गराउनुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य जोया शेषले भने राष्ट्रिय स्वराज पार्टीले सञ्चालन गरेको अभियानलाई सार्थक बनाउनका लागि सबै नेता कार्यकर्ता आफ्नो आफ्नो ठाउँमा खट्नुपर्ने बताईन्। राष्ट्रिय स्वराज पार्टीका केन्द्रीय सहसंयोजक चन्द्र शेखर सुनारले आफ्नो मन्तब्यको क्रममा भनेका छ्न राष्ट्रिय स्वराज पार्टीले सञ्चालन गरेको सगठन विस्तार अभियानलाई सबै मिलेर गर्नुपर्ने बताए ।
हाम्रो लडाई आउनेदिनमा शिक्षा, स्वास्थ , रोजगार , मधेस एकीकरण , पूर्ण समानुपातिक निर्वाचन प्रणाली तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको लागि हुने राष्ट्रिय स्वराज पार्टीका अध्यक्ष इरफान अहमद शेषले बताएका छन।