मंसूर अलि इद्रिशि
नेपालगंज,फागुन,१९,गते-बाँके जिल्लाको जानकी गाउँ पालिका वडा नम्बर १ स्थित पचपोखरा सिमानाकाबाट ठूलो मात्रामा तस्करी शुरू भएको छ। जानकी-१ पचपोखरा घर रहेको तस्कर संजय,लोधको कमांड्मा सशस्त्र प्रहरी भन्सार स्थित बिओपीका घुमुवाहरूको सेटिङमा खुलेयाम तस्करी शुरू भएको हो । सशस्त्रका घुमुवाहरु व्यापारी तस्करहरूसंग खुलेयाम रकम असुली गरिरहेको संजय,लोधको तस्करीको सामान क्यारिङ गर्नेले लिमरा खबरलाई भने नाम नखोल्ने सर्तमा जानकारी दिए संजय,लोध र सशस्त्र प्रहरीका घुमुवाको सेटिंग्मा खुलेयाम तस्करी भईरहेको छ ।
पचपोखरा नाकामा खटिएको सशस्त्र प्रहरीको सेटिङमा अवैध सामान भित्र्याउने र पठाउने गरेको खुलेको छ । जमुनहा नाकाको पश्चिमतिरको पचपोकरा, साईगाउँ,बढैया, क्षेत्रबाट अबैध सामान भारतबाट तस्करसँग मिलेर सशस्त्र प्रहरीको सहयोगमा दैनिकरुपमा ठूलो परिमाणमा भन्सार छलेर अवैध सामान भित्र्याउने गरेको श्रोतको दाबी रहेको छ । यो दृश्य थियो, बिहिबार बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ पचपोखरा स्थित नेपाल-भारत अवैध नाकाको हो । यहाँका स्थानीय बासिन्दाका अनुसार उक्त नाकाबाट यसरी नै दैनिक रुपमा सशस्त्र प्रहरीकै सेटिङमा बिना भन्सार कराडौंको सामान नेपाल भित्रिन्छ ।
सशस्त्र प्रहरीलाई ५ देखि तीन सय रुपैयाँ दिएर क्यारिङवालाले ठूलो परिमाणमा अवैध सामान भित्र्याउने गरेका छन् । विओपी पोष्टबाट डिउटीमा खटिने सशस्त्र प्रहरीका जवान देखि हबल्दार सम्म अवैध असुली धन्धामा लागेका छन् । तस्करले, भारतिए कुखुरा किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भिर्याउने र वारि(नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार ) पुर्याउने गरेका छन् । सशस्त्र प्रहरीकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकल मार्फत नेपालगंज सदरमुकाम वजार सम्म ल्याइन्छ ।
आटो,पार्ट,बैट्री, टायल मारवल,माछा,खसी,चिनी, प्याज लगायतका अवैध सामाग्री भित्र्याउने गरेका छन् । आउत,जाउतका लागि उनीहरुले दुई तीन सयरुपैयाँ डिउटीमा रहेका सशस्त्र प्रहरी, लाई रकम बुझाउने गरेको खुलेको छ। भारतीय माछाको तस्करीमा सशस्त्र प्रहरी बलको भन्सार बिओपी र बाहिनीबाट खटिएका घुमुवाहरूले साथ र संरक्षण गरिरहेको स्थानीयको भनाई रहेको छ ।
बांकेजानकी गाउँपालिकावडानम्बर१,पचपोखरा,साईगाउँका,चर्चित,तस्करका,रूपमा,चिनिएका,संजय,लोध,नसरुद्दिनराई, लोधले,सेटिंग मिलाइएको हो नाम नाछप्ने सर्तमा सशस्त्र प्रहरी बल बंदरगाह बिओपीका एक जुनियर प्रहरीले जानकारी दिए ।यसरी नेपाल भित्राएको आटो,पार्ट,बैट्री, टायल हरू नेपालगंज-१७ परसपुर पचपोखरा स्थित गोदाममा लगेर राखी त्यसपछि अन्यत्र पठाउने गरिएको खुलेको छ । पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा)को तस्करीका लागि संजय,लोध ले ४ वटा मोटरसाइकल र ५ वटा साइकलवालालाई प्रयोग गरेका छन् ।
प्रत्येक मोटर साइकल र साइकलवालालाई एक पटकको सात सय रूपैयाँको दरले रकम दिएर आटो,पार्ट,बैट्री, टायल तस्करी हुदै आएको छ । एउटा मोटर साइकलले एक पटकमा झण्डै एक लाखको समान ल्याउने गरिरहेका छन् । यसरी सशस्त्र प्रहरी को सेटिङ र संरक्षणमा पचपोखरा तथा साईगाउँ सिमानाकाबाट खुलेयाम तस्करी भैरहेको छ । यस सम्बन्धमा सशस्त्र प्रहरी मौन देखिएका छन। सीमामा रहेका सशस्त्र प्रहरी बलको आउट पोस्टप्रमुखहरुको मिलोमतो र संलग्नतामा दैनिक लाखौँको तस्करी भइरहेको स्थानीय श्रोतको दाबी रहेको छ।