नेपालगंज,फागुन,१२ गते ।
नेपालगंज नागरिक उड्डयन कार्यालय, राँझा बाँकेले आज आपतकालिन अभ्यास गरेको छ ।नेपालगंज उपमहानगरपालिका वडा नम्बर २० स्थित विमानस्थलमा शुकबार आगोको ठूलो मुस्लोसहितको धुवाँ, वारुणयन्त्र र एम्बुलेन्सको साइरनले विमानस्थलवरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशंकाले त्रसित बनायो । विमानस्थलमा गरिएको ‘विमानस्थल आपतकालिन अभ्यास कार्यक्रमले नागरिकलाई ठूलो दुर्घटना भएको आशंकाले स्थानियेलाई त्रसित बनाएको थियो ।
हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘विमानस्थल आपतकालिन अभ्यास गरिएको नागरिक उड्डययन कार्यालय नेपालगंजले जनाएको छ । अभ्यासका क्रममा विमानस्थलवरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स रेडक्रस, स्वास्थ्यकर्मी, सर्वसधारण लगायतको उपस्थिति देखिएको थियो ।
विमानस्थल आपतकालिन अभ्यास गरिएको थाहा पाएपछि स्थानीयवासीले राहत महसुस गरेका थिए । विमानस्थलमा हुन सक्ने, दुर्घटनालाई मध्येनजर गरी विमानस्थल सँग सम्बन्धित सरोकारवालाहरुको सहभागीतामा आपत्तकालिन अभ्यास गरिएको हो ।
आपत्तकालिन अभ्यासमा विमानका यात्रुहरूको जीवनरक्षा, उद्धार कार्यका लागि विमानस्थलका वारुणयन्त्र, अस्पतालका एम्बुलेन्स, चिकित्सक, रेडक्रस, सोसाईटी स्वास्थ्यकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उड्डयन कार्यालयका कर्मचारी मिडियाकर्मी लगायतको बाक्लो सहभागिता रहेको थियो ।