लुम्बिनी,फागुन १२ गते।
लुम्बिनी सांस्कृतिक नगरपालिमा विभिन्न पार्टी परित्याग गरी धमाधम नेता कार्यकर्ता राष्ट्रिय स्वराज पार्टीमा प्रवेश भएका छ्न । लुम्बिनी साँस्कृतिक नगरपालिका-७ निवासी, विक्रम तेली सहित ७० जनाको समुहले जनमत पार्टी परित्याग गरि राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन। रुपन्देहीकै प्रगतिशील पार्टीका बरिस्ठ नेता समाजिककर्ता साबिर मोहम्मद शेष राष्ट्रिय स्वराज पार्टीमा प्रवेश भएका हुन, ।
समाजसेवी तथा वरिष्ठ नेता साबिर मोहम्मद शेषले लिमरा खबरलाई जानकारी गराउनदै अब मधेसी जनताको मुक्ति तथा उज्ज्वल भविष्यको लागि एकमात्र पार्टी राष्ट्रिय स्वराज पार्टी रहेकोले यस पार्टीको सदस्यता लिएको बताएका छन, ।
अब हामी मधेसी जनताको लागि सच्चा सपूतका रूपमा रहेका क्रान्तिकारी युवा नेता इरफान अहमद शेषको नेतृत्वमा मधेसी जनतालाई एकात्त्रित गरि मधेसी जनताको अधिकारको लडाइ लड्न सजिलो हुनेछ भन्ने बिस्वास लिएका छ्न।
साबिर मोहम्मद शेष लुम्बिनी सांस्कृतिक नगरपालिका-५ का प्रगतिशील पार्टीको उम्मेदवार बनी तेस्रो स्थान हासिल गरेका थिए उहाका अनुसार मधेसी जनताको अधिकारको लागि नै राष्ट्रिय स्वराज पार्टी गठन भएको हो। हामी अब संगठन बिस्तारमा जुटेका छौ ।छिट्टै हाम्रो संगठनले जन्ताकालागि संघर्षमा जान सक्छौं उनले राष्ट्रिय स्वराज पार्टीका सह-संयोजक चन्द्र शेखर सुनारको हातबाट सदस्यता लिएका छन। राष्ट्रिय स्वराज पार्टीका सह-संयोजक चन्द्र शेखर सुनारले जनाएका छ्न।