नेपालगंज,माघ,१९,गते।
बांके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर,१९ मा राष्ट्रिय स्वराज पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बुधबार भव्यताका साथ सम्पन्न भएको छ । जनमत पार्टी,नेपाली कांग्रेस, र एकीकृत माओवादीका सयौं कार्यकर्ताहरु राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन् । प्रवेश हुनेमा अधिकतर जनमत पार्टीको सदस्य रहेका छन।
नेपालगन्ज उपमहानगरपालिका-१९ मा एक अन्तरक्रिया कार्यक्रममा लगभग १५० भन्दा बढीले राष्ट्रिय स्वराज पार्टीमा प्रवेश गरेका छन। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय संयोजक इरफान अहमद शेषले भने, बांके जिल्लामा राष्ट्रिय स्वराज पार्टी प्रति आम जनताको लहर बढ्दै गएको उनले बताए । अब राष्ट्रिय स्वराज पार्टी देशमा ठुलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने समेत इरफानले दावी गरेका छ्न ।
कार्यक्रममा केन्द्रीय संयोजक इरफान अहमद शेष, केन्द्रीय सहसंयोजक चन्द्रशेखर सुनार, केन्द्रीय महिला नेतृ जोया शेष, जिल्ला सभापति अब्दुल कादिर साई, उपसभापतिद्वय ताहिर राई र सकिल जसगड, जिल्ला संरक्षक रियाज अहमद शेष, नेता जाबिर हल्वाई, महिला जिल्ला इन्चार्ज नाजमा बागवान, युवा नेता हुशेन अंसारी , संस्थापक नेता नौसाद अंसारी, खेमराज मौर्य, मुस्तफा शेष लगायतका विशेष नेताहरूको उपस्थितिमा उक्त कार्यक्रम गरिएको जानकारी राष्ट्रिय स्वराज पार्टीकी केन्द्रीय नेतृ जोया शेषले लिमरा खबरलाई जानकारी दिएकी छिन।
जोया शेषले भनिन समाजको संघर्षलाई अगाडी बढाउनका निम्ति राष्ट्रिय स्वराज पार्टीको गठन भएको हो,। हाम्रो एजेन्डामा मधेस एकीकरण , पूर्ण समानुपातिक निर्वाचन प्रणाली , जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण , समान शिक्षा नीति , गाँस,वास, कपास, शिक्षा, स्वास्थ्यको ग्यारेन्टी , विभेदमुक्त समाज, समान न्याय ब्यवस्थामा आधारित मार्गदिशा हुने समेत जनाएकी छिन।