बांके,माघ,१८,गते।
राष्ट्रिय स्वराज पार्टी बांकेमा पहिलो जिल्ला कमिटी विस्तार भएको छ । तीन उपाध्यक्ष ताहिर राई, रामनिवास शाहु, सकिल जसगड, सचिव चन्द्रकुमार गोडिया र उपसचिव बच्छराज चौहानसहित जिल्ला अध्यक्ष अब्दुल कादिर साई लगाएत ३१ जनाको जिल्ला तदर्थ कार्यसमिति चयन गरिएको छ ।
पार्टीका केन्द्रीय संयोजक इरफान अहमद शेषको प्रमुख,विशेष अतिथि उपसंयोजक चन्द्रशेखर सुनार, केन्द्रीय सचिव राजासिंह सरदार, केन्द्रीय महिला नेतृ केन्द्रीय सदस्य जोया शेष, केन्द्रीय सदस्य रिता खाटिक, बाँके संरक्षक रियाज अहमद शेषको अध्यक्षतामा घोषणा कार्य संस्थापक नेता जाबिर हलवाइले गरेका थिए ।
आजको भेलाबाट नजमा बागवानको नेतृत्वमा रहेको राष्ट्रिय स्वराज महिला संघले बाँकेको इन्चार्ज र उपमा टण्डनलाई सह इन्चार्जमा नियुक्त गरेको छ । राष्ट्रिय स्वराज पार्टी बांकेले सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ-संगठनलाई सहयोग तथा सहकार्यका लागि पनि अपिल गरेको हो।
स्वतन्त्र मधेश गठबन्धनले “मधेश स्वराज आन्दोलन”मा समर्पित भएर योगदान दिँदै आएका स्थानिये सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम-जनताको योगदानको उच्च कदर गर्दै आजको कार्यक्रमको स्वागत युवा विद्रोही नेता बिके मधेसिलेले गरेका थिए कार्यक्रम समापन अध्यक्ष अब्दुल कादिर साईले गरेका थिए ।