काठमाडौं,माघ,३,गते।
जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाउँदै पदभार सम्हाल्न अस्वीकार गरेका छन्। खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् ।
जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो। पुस ११ गते नै शपथ लिएका खानलाई सुरूमा बिनाविभागीय मन्त्री बनाइएको थियो। अहिले बाँडफाँट गर्दा खानेपानी मन्त्रालय दिएपछि जनमत पार्टी रूष्ट भएको हो ।
मन्त्री खानले भने हाम्रो चाहना अनुसारको मन्त्रालय भएन’ खानले भने, ‘छलफल नै नगरी तोकिएको मन्त्रालयमा कार्यभार सम्हाल्ने कुरा भएन । प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको मन्त्री खानले बताए ।
प्रधानमन्त्री दाहालले शपथ लिएकै दिनमा खान विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए। जनमत पार्टी बैठक बसेर निर्णय गरिने जनमत पार्टी बांकेका एक नेताले लिमरा खबर लाई जानकारी दिए।