मंसूर अलि इद्रिशि
परसपुर,माघ,२,गते-नेपालगञ्ज उपमहानगरपालिका वडा,नम्बर,१७,परसपुरमा दादुराको खोप अभियान थालिएको छ । दादुराका बिरामी देखिन थालेपछि खोप लगाउन थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले हालसम्म झन्डै १० हजार बालबालिकालाई खोप लगाइसकेको छ भने १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष रहेको छ।
अस्तीसम्ममा ६ महिनादेखि १५ वर्षसम्मका ९ हजार ९ सय ६३ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । बाँकीलाई अबको तीन,चार दिनभित्र खोप दिइने उनको भनाइ छ । खोपमा पहुँच नपुग्दा र धेरैले नियमित खोप नलगाएका कारण नेपालगञ्जमा दादुरा फैलिएको पाइएको छ ।
गत पुस १३ गतेपछि नेपालगञ्जका विभिन्न वडामा १ सय बढीमा दादुराको संक्रमण देखिएको छ । रिजालका अनुसार हालसम्म ५० प्रतिशत निको भइसकेका छन् । नेपालगञ्जमात्र नभएर बाँकेका अन्य ठाउँमा पनि दादुराका बिरामी देखा परेका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जका वडा नम्बर १, ९, १०, ११, १४, १५ र २२ मा दादुराको सङ्क्रमण फैलिएको छ । परीक्षण, चेतनामूलक कार्यक्रम, बिरामीको थप खोजी र खोप अभियान तीव्र पारिएको श्रेष्ठको भनाइ छ । नेपालगञ्ज वडा,नम्बर १७ का वडा सद्स्य फिरोज बेहनाले वडाका भित्र ६ महिनादेखि १५ वर्षसम्मका बाल,बलिका लाई अनुरोध गरेका छ्न खोप अभियानमा सह्भागी हुन, बेहनाले लिमरा खबर लाई जानकारी गराएको हो।