मंसूर अलि इद्रिशि
नेपालगंज,पुष, ३० गते-नेपालगंज वडा नम्बर ४ गणेशपुर स्थित नूरी मदीना मस्जिदको एक कार्यकर्ममा नेपाली सुन्नी हन्फी खानकाही बरेलवी विचारधाराका युवाहरुको ईमान संरक्षण र शैक्षिक विकासका लागि राष्ट्रिय स्तरको अर्गनाइजेसन स्थापना गरिएको छ । विभिन्न विद्यालय , कलेज, युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी तथा संघसंस्था, ब्यापार व्यावसायमा आबद्ध रहेका अनुयायीहरुको शैक्षिक आर्थिक सामाजिक विकासका निम्ति संस्थाको स्थापना गरिएको संस्थाका अध्यक्ष तौहीद रजा अन्सारीले जानकारी गराएका छन् ।
अन्सारीको अनुसार दीन ए ईस्लामको वास्तविक संदेशलाई फेरबदल गरि ईस्लामको नाममा कट्टरपंथी , विचारधाराको प्रचारप्रसार गर्ने संगठनहरु सक्रिय रहेकाले सुन्नी खानकाही बरेलवी विचारधाराको युवाहरूलाई एकजुट बनाउन जरुरी रहेको छ । सुन्नी हन्फी खानकाही बरेलवी विचारधाराको केन्द्र दरगाह ए आला हजरतले यसकार्यको निकै प्रसंशा गरेको छ ।दरगाहको ७ जना आलीम मुफ्तीहरुको प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशको १२ वटै जिल्लामा अवलोकन तथा भ्रमण गरेको छ ।
प्रतिनिधि मण्डलका संयोजक तथा दरगाह ए आला हजरतका सचीव मुफ्ती सलीम नूरीका अनुसार दीन ए ईस्लामको नाममा विभिन्न संगठनहरुले कट्टरपंथिता र भेदभाव युक्त प्रचारप्रसार गरेकोले संस्थाको आवश्यकता महसुस भएको हो । दीन ए ईस्लामको वास्तविक संदेश विपरीत प्रचारप्रसार गरेर सुन्नी हन्फी खानकाही सुफिनिज्मका अनुयायीहरुलाई पथविचिलित बनाउने विभिन्न प्रयासहरु भैरहेको बेला संगठित भएर ईमान र समाज दुबैलाई जोगाउन जरुरी देखिएको उनले जानकारी गराएको छ ।मुफ्ती मोहम्मद सलीम साहबले नेपाल र भारतको राजनीति सम्बन्ध जति बलियो छ त्यो भन्दा बढी आस्था श्रद्धा र दीनी सम्बन्ध बलियो रहेको बताए । उक्त आवश्यकतालाई परिपुर्ति गर्न (NMSO) नामक संस्था गठन गरिएको संस्थाका उपाध्यक्ष मुफ्ती कहफुलवराको भनाइ थियो ।
नवगठित संस्थाका अध्यक्ष तौहीद रजा अन्सारी , उपाध्यक्ष तथा सचीव कहफुलवरा मिस्बाही, राष्ट्रिय संरक्षक नशीरुद्दीन अन्सारी र कारी शरीफुल कादरी , बाँके बर्दिया संयोजक कारी अजमत अली रजवी , राष्ट्रिय कोषाध्यक्ष मौलाना अर्शद र समीर अली बेहना राष्ट्रिय प्रवक्ता रहने प्रस्तावलाई सर्वसम्मत पारित गरिएको छ । यस संगठनले नेपाली सुन्नी हन्फी खानकाही बरेलकी विचारधारा अर्थात दीन ए ईस्लामको वास्तविक विचारधाराकालाई एकजुट बनाउने तथा ईमानदारिताको संरक्षण तथा शैक्षिक आर्थिक सामाजिक विकासका निम्ति काम गर्नेछ संस्थाका सचीव मुफ्ती कहफुलवराले लिमरा खबरलाई जानकारी गराएको थियो ।