काठमाडौं-पुस २६, गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा विश्वासको मत लिँदैछन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत ल्याउनुपर्ने प्रावधान रहेकाे छ। विश्वासकाे मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ। हिजाे बसेको पहिलाे संसद् बैठकमा प्रचण्डले सबै दलहरूसँग विश्वासको मत दिन अनुरोध गरेका थिए।
सोमबार बेलुका नै प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर उनले विश्वासको मत दिन अनुरोध गरेका थिए। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ।यता विश्वासको मत दिने वा नदिने भन्नेबारे कांग्रेसले आज बिहान बस्ने बैठकले औपचारिक निर्णय गर्नेछ। यसभन्दा अगाडि उनले पुस २९ मा विश्वासको मत लिने तयारी गरेका थियाे।