काठमाडौँ-पुस ९,गते।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ढिलो निर्णय गरेकाले उहाँको प्रधानमन्त्री हुने चाहना र लक्ष्य अपुरो हुने सम्भावनातर्फ बढेको दाबी गर्नुभएको छ ।
एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिवार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।प्रचण्डले अहिले प्रधानमन्त्रीको इच्छा गरिराख्नु भएको छ। मलाई लाग्छ उहाँले ढिलो गर्नुभयो। यता सत्ता गठबन्धनमा नयाँ सरकार गठनको अधिकतम प्रयास भइरहेको र प्रचण्ड आफैँ प्रधानमन्त्रीको दौडमा रहनुभएको अवस्थामा अध्यक्ष ओलीले उक्त दाबी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
उहाँको प्रधानमन्त्री हुने इच्छा समयले नै समाप्त पारिदिएको छ ।प्रचण्डले गठबन्धनबाटै पहिलो चरणमा प्रधानमन्त्री बन्न गृहकार्य गरिरहेका छन्।तर सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले प्रधानमन्त्रीसँगै राष्ट्रपति लगायत मुख्य पदहरुको बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री पद आफूले पाउनुपर्ने माग गर्दै आउनुभएको छ ।
शेरबहादुर देउवा र प्रचण्डमध्ये को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गाउन सकेको छैन। त्यसो त एमालेले पनि गठबन्धन छाडेर आए प्रधानमन्त्री दिने सन्देश खुमलटार पठाइसकेको छ ।उनले भने, ‘अरुले पनि समयमा कदम चालेनन् भने, समयमा आफू–आफूलाई हेरे भने देश फेरि घुमीफिरीकन मध्यावधितिर जाने सम्भावना छँदै छ। जाँदैन भन्न सकिँदैन,’ उनले भने।