काठमाडौँ-पुष ५ गते।
नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरेसँगै वाम सरकार बनाउने चर्चा चुलिएको छ । मङ्गलवार एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई भेटेर सत्ता गठबन्धन छोडेर आए एमालेले तँपाईलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्छु भन्दै छलफल गरेको थिए । उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री राष्ट्रपतिमा भने एमालेबाट हुने गरी प्रस्ताव गरेका थिए ।
एमाले उपाध्यक्ष नेम्वाङको प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्डले ‘वाम सरकार बनाउने हो । मलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभयो । धन्यवाद छ तर, एमालेको आधिकारिक निर्णय लिएर आउनुहोस् । मा एसका अध्यक्ष नेपालसँग छलफल गर्छु । नेकपा एमालेका एक नेताले लिमरा खबरलाई जानकारी दिँदै भने, बाम सरकार बनाउन राप्रपा, जसपा र अन्य कम्युनिस्ट पार्टीसँग पनि छलफल गर्नुहोस् । म पनि आफ्नो तयारीका लागि छलफल गर्छु ।
प्रचण्डले भने आफूलाई एमालेले दुई पटक धोका दिएको स्मरण गराउँदै नेम्वाङलाई अब त्यस्तो नगर्ने सर्तमा मात्र वाम सरकारको बनाउन जवाफ दिएको एमाले स्रोतले जनाएको छ । नेकपा एमालेका नेम्वाङले प्रचण्डसँग भएको जानकारी र उनको प्रस्ताव एमाले अध्यक्ष ओलीलाई जानकारी गराएपछि मात्र औपचारिक छलफल सार्वजनिक गर्ने एमालेका एक नेताले जानकारी दिए । नेम्वाङसँगको भेटमा प्रचण्डले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जानुपर्ने र एसको भूमिका महत्त्वपूर्ण हुने उनले बताएका थिए ।
अहिलेका राजनीतिक दलसंगा एकल बहुमत ल्याएर सरकार बनाउने बहुमत छैन । एकल बहुमतको सरकार बनाउन १३८ जना सांसद चाहिन्छ । अहिले वामपन्थी पार्टीहरूसँग १२१ सांसद मात्र छन् । ७८ सांसद एमालेमा छन् माओवादीका ३२ सांसद छन् । समाजवादीका १०, राष्ट्रिय जनमोर्चाको १ सांसद छन् ।
जसका कारण वाम सरकार बनाउन १७ सिट पुग्दैन । एमालेसँग गठबन्धन गरेर चुनावमा गएको राप्रपासँग १४ र जसपा सँग १२ सांसद छन् । उनीहरूलाई पनि गठबन्धनमा लिनुपर्ने अवस्था छ। राष्ट्रपतिले सात दिने म्याद दिएपछि राजनीतिक दबाब बढ्दो क्रममा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय सीमा तोकेर आइतबार सरकार गठनका लागि राजनीतिक दललाई आग्रह गरेकी छिन ।
राष्ट्रपति ज्यले प्रधानमन्त्रीमा दाबी पेस गर्न का लागी एक हप्ताको समय दिएसँगै दलहरूमाथि शक्ति बाँडफाँड र संसदीय दलको नेता चुन्न दबाब बढेको छ ।