बांके-पुस ३, गते।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानलाई शनिवार उनको गृह जिल्ला बर्दियाको गुलरियामा भब्य स्वागत गरियो । जनमत पार्टीको संस्थापक,आन्दोलन ,अभियान,जागृति को सम्बाहक आफ्नो काबिलियतले मेची, महाकाली सम्मा पहिचान कायमगरेका संसद अब्दुल खान डा.सिके राउतको दाहिने हात मान्ने स्वराज आन्दोलन ,किशान आन्दोलनमा प्रमुख भूमिका निर्बाह गर्नु भएको थियो।
उनले भने जनमत पार्टीका नेता तथा कार्यकर्ताहरु,आफन्तजन, मित्र तथा विभिन्न क्षेत्रबाट सहयोगका हात बढाउनु भएका शुभचिन्तक सबैलाई हार्दिक धन्यवाद दिएका थिए। जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष संसद अब्दुल खानले समानता, भाइचारा र देशको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताउनुभएको छ ।
लिमरा खबरलाई जानकारी दिंदै संसद खानले भने जनताले जुन अपेक्षा हामीसँग राखेका छन, त्यो अपेक्षा कति ठूलो छ भन्ने तपाईंहरुलाई पनि अनुमान छ । कतिपयले त अन्तिम आशा समेत भन्नु हुन्छ ।त्यही भएर हामीलाई सहयोग गर्ने अवस्थामा रहनुस् । हामी तपाईंलाई सहयोग गर्न जहिले पनि पनि आउन सक्छौं जतिबेला पनि आउन सक्छौं तर यो तपाईंहरुको सहयोगले नै सम्भव हुनेछ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष संसद अब्दुल खानले जनताले दिएको सल्लाह र सुझावकै आधारमा जनमत पार्टी अघि बढ्ने छ। चुनावमा ठूलो आशा र भरोसाका साथ जनमत पार्टीलाई मतदान गरेको भन्दै मतदाताहरुलाई धन्यवाद मुबारकबाद समेत व्यक्त गर्नुभयो । स्वागत कार्यकर्ममा स्थनिये नेता समाज सेबी लगायत को उपस्थिति रहेको बांके जनमत पार्टीका बरिस्ट नेता सह्बुद्दिन अनसारीले जानकारी दिनु भयो।