बांके-पुस २, गते।
नवनिर्वाचित प्रतिनिधी सभाका सदस्य तथा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानलाई नेपालगंजमा सम्मान गरिएको छ । नेपालगंजका जनमत पार्टीका पर्वक्ता क्षेत्र नम्बर ३ ख का पर्देससांसद पदका प्रत्यासी सह्बुद्दिन अनसारी सहितका नेता तथा कार्यकर्ताले तिर्भुवन चौक ब्य्रपार संघ को सभा हालमा सम्मान साथै आगामी कार्याकालको शुभकामना प्रदान गरिएको हो ।
सो अबसरमा बोल्दै बांके जनमत पार्टी पर्वक्ता अनसारीले भने खान निर्वाचित भएसंगै समग्र जनमत पार्टीका कार्यकर्तामा उत्साहा थपिएको बताउँनु भयो । किसान आन्दोलनका चर्चित अनुहार अब्दुल खान पहिलोपटक जनमत पार्टीको उपा-अध्यक्ष समानुपतिक मुस्लिम कोटा बाट संघीय संसदमा निर्बचित भए पछि यतिखेर जनतालाई धन्यवाद दिनका लागि तराईका बिभिन जिल्लामा पुगिरहेका छन् । बांके जिल्ला नेपालगंज शुक्रवार ब्य्रपार संग को सभा हालमा धन्यबाद तथा भेटघाट कार्यक्रममा जनतालाई धन्यवाद दिनका लागि पुगेका थिए।
शान्ति प्रक्रियामा आएपछि मुख्यता मलको विषयलाई लिएर सडक आन्दोलन गरेका खानले जनताको नजिक नै गएर धन्यवाद ज्ञापन गरेका हुन् । खानको सँगै स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका खान २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् । उनलाई देश विभाजन गर्न खोजेको आरोप लागे पनि अन्तमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा ल्याएको थियो।
समनुपतिक संसद अब्दुल खाँनले आफूहरु जनताको समाजिक अधिकारको साथै बिकासका लागि निरन्तर संघर्ष गरेकोले आगामी दिनमा यस्ता समास्या हुन नदिने सशक्त भुमिका निभाउने खांनले बताउनु भयो । कार्यक्रममा जनमत पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो।