बर्दिया-मंसिर २३ गते।
सिके राउत नेतृत्वको जनमत पार्टीले केंद्रिये उपाअध्यक्ष अब्दुल खान नाम समानुपातिक संसदमा मुस्लिम कोटाबाट छनोट गरेको छ ।
बिहीबार उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने मुस्लिम कोटाबाट अब्दुल खानको समानुपातिक सांसदमा नाम टुंगो लगाएको हो। जनमत पार्टीबाट प्रत्यक्षमा सिके राउत मात्र निर्वाचित भएका छन् ।
बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अन्य चार जना अनिता साह, सोनु मुर्मुर बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको हो ।
नया बन्ने सरकारमा जनमत पार्टीले सहभागी हुने निर्णय गरेको छ। काठमाडौँमा पहिलो पटक बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको बांके जनमत पार्टी का नेता सह्बुद्दिन अनसारीले लिमरा खबरलाई बताए। सरकारको नेतृत्व कसले गर्ने भन्ने पनि निर्णय नभएको उनले बताए।
जसको नेतृत्वमा भए पनि सरकारमा सहभागी हुन्छौँ, हाम्रा केही माग छन्। त्यो जसले सम्बोधन गर्छ, त्यसैमा सामेल हुन्छौँ,’ अनसारीले भने