नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य चुनिएका किशोर सिंह राठौरले आफू पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको र आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुंगोलाग्ने बताएका छन् ।
प्रेस युनियन बाँकेले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले यसो भनेका हुन । उनले युवालाई सरकारको नेतृत्व दिनुपर्ने हो भने आफुनै सबैभन्दा बलियो दाबेदार रहेको बताउदै युवाको नाममा एक ब्यक्तिको मात्र चर्चा गरिनु न्यायोचित नभएको उनको तर्क थियो ।
उनले संबिधानको रक्षा र सत्ताको बागडोर सम्हाल्नको लागि बाम–लोकतान्त्रिक गठबन्धन गरिएको बताए । उनले बर्तमान गठबन्धनले नै सरकार निर्माण गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।
प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्धन्द्ध अन्त्य गर्ने उद्देश्यले शान्ति प्रक्रियासँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्यलाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत बताए ।