बांके-कार्तिक २९ गते
सरकारले मंसिर ४ गते हुन लागेको प्रतिनिभिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार र सोमबार सार्वजनिक विदा दिएको छ।
गृहमन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मतदानस्थल रहेका शिक्षण संस्थाहरुमा मंसिर २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको छ ।